१५ असार २०८३, सोमबार

रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जना पक्राउ

मंसिर १८, २०८१
काठमाडौं
रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जना पक्राउ

वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका-६ का २९ वर्षीय सञ्जीव चौधरी रहेका छन् ।

उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका-१२ सोल्टीमोडबाट पक्राउ गरेको हो । 

चौधरीले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएका थिए । 

उनी सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए । उनले तीन जना व्यक्तिबाट ६ लाख ५० हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका चौधरीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्