०२ असार २०८३, मंगलबार

भरुवा बन्दुकसहित दुई जना पक्राउ

मंसिर १८, २०८१
काठमाडौं
भरुवा बन्दुकसहित दुई जना पक्राउ

प्रहरीले मोरङ र अछामबाट भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । 

मोरङको सुनवर्षी नगरपालिका-७, बरडङ्गा बस्ने ओम प्रकाश यादवलाई १ थान भरुवा बन्दुकसहित मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस्तै, अछामको साँफेबगर नगरपालिका-७, रिडिकोट बस्ने ३३ वर्षीय कुबेर केसीलाई पनि १ थान भरुवा बन्दुकसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बयलपाटाबाट खटिएको प्रहरीले उनको घरको छानामाथि लुकाईछिपाई राखेको अवस्थामा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्