०५ साउन २०८३, मंगलबार
प्रधानमन्त्रीको चीन भ्रमण

नेपाललाई ९ अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपति सीको घोषणा

मंसिर १८, २०८१
काठमाडौं
नेपाललाई ९ अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपति सीको घोषणा

चीनले नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने भएको छ । प्रधानमन्त्री कपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा यससँगै दुई देशबीच विभिन्न सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार बिहान प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच भएको दुईपक्षीय भेटवार्तापछि दुई देशका अधिकारीहरूबीच विभिन्न सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । 

त्यसैगरी, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौंको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्रको आदानप्रदानका साथै रागाभैसीँको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसदा ढकालका अनुसार विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको छ भने स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

'सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकूद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देशबीचको जनस्तरको सम्बन्ध, गरिबी निवारणलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्