११ साउन २०८३, सोमबार
एनपीएल क्रिकेट

पहिलो जितको खोजीमा रहेको कर्णालीलाई १३१ रनको लक्ष्य

मंसिर २१, २०८१
काठमाडौं
पहिलो जितको खोजीमा रहेको कर्णालीलाई १३१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो जितको खोजीमा रहेको कर्णाली याक्सले १३१ रनको लक्ष्य पाएको छ । 

शुक्रबार बिहान टस हारेर ब्याटिङमा उत्रिएको चितव राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३० रन बनाएको हो । 

चितवनका रवि बोपाराले अर्धशतक पूरा गरे । उनी ५९ रनमा अविजित रहे । कप्तान कुशल मल्ल २३, विपिन रावल ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा कर्णालीका बिपिन शर्माले ३, जिशन मक्सुदले २, कप्तान सोमपाल कामी र नन्दन यादवले एकएक विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्