
रामेछापमा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका- १ कुलोडाँडाका ५४ वर्षीय नन्दलाल श्रेष्ठ छन् ।
उनलाई एकनाले भरुवा बन्दुक ३ थान र करिब २ सय ग्राम बारुद जस्तो देखिने पदार्थसहित बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी सित्खा र इलाका प्रहरी कार्यालय चोप्राङबाट खटिएको प्रहरीले उनको घर र गोठबाट बन्दुक बरामद गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।