
कास्कीको पोखरामा सञ्चालित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको साधारण सदस्य कृष्ण गुरुङ कतार उड्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनी उक्त सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप प्रहरीको छ ।
पोखराका गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी कास्की ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी वसन्त शर्माले जानकारी बताए ।
पक्राउ पुर्जी जारी भइसकेका गुरुङलाई शुक्रबार सरकारी वकिल कार्यालयमा पेश गरिएको शर्माले जानकारी दिए ।