२० असार २०८३, शनिबार

उच्च करदातालाई नेपाल उद्योग परिसङ्घको सम्मान

मंसिर २१, २०८१
काठमाडौं
उच्च करदातालाई नेपाल उद्योग परिसङ्घको सम्मान

नेपाल उद्योग परिसङ्घले यस वर्षको राष्ट्रिय कर दिवसका अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरूलाई सम्मान गरेको छ । 

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ जना संस्था तथा व्यक्तिलाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो ।

सम्मानित मध्ये दुई वटा सरकारी लगानी रहेका कम्पनी छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसङ्घले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । 

आज परिसङ्घ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरेका हुन् ।

उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए । 

योगदानको कदर गर्दै उत्पादनमूलक तथा सेवामूलक उद्योगहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा परिसङ्घले उच्च करदातालाई सम्मान गरेको उनले बताए ।

राष्ट्रिय कर दिवसमा आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यात कारोबार मध्येबाट डाबर नेपाल, एकलौटी फर्ममध्येबाट श्रुती ट्रेडर्स, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्ने कोडावतार, कृषि एवं पशुपंछीजन्य उद्योगबाट पतञ्जली आयुर्वेद, बैंक तथा वित्तीय संस्था र बीमाबाट नबिल बैंकलाई परिसङ्घले सम्मान गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्