०६ साउन २०८३, बुधबार

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, कस्तो रहला आजको मौसम ?

मंसिर २२, २०८१
काठमाडौं
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, कस्तो रहला आजको मौसम ?

जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि सोमबारसम्म वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ । विभागले शुक्रबार विशेष बुलेटिन जारी गर्दै पश्चिम नेपालमा यसको प्रभाव बढी पर्ने जानकारी दिएको हो । 

बुलेटिनअनुसार पश्चिम नेपालबाट पश्चिमी वायुसँगै पश्चिमी न्यून प्रणाली प्रवेश गर्दैछ । यसले देशभर जाडो बढाउने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ ।

यो प्रणालीको प्रभावले आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने विभागले जनाएको छ ।

विभागका अनुसार  गण्डकी, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात हुनेछ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागको प्रक्षेपण छ । विभागले गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने जनाएको  छ ।

आज भने देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागलगायत तराईका बाँकी भू-भाग तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । 

आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

salt training

कमेन्ट गर्नुहोस्