२२ जेठ २०८३, शुक्रबार

संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारीको 'सर्टलिस्ट' सार्वजनिक [सूचीसहित]

मंसिर २२, २०८१
काठमाडौं
संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारीको 'सर्टलिस्ट' सार्वजनिक [सूचीसहित]

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न गठन भएको समितिले ४० जनाको नाम छनोट गरेको छ । संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको बैठकले दाबेदारहरूको संक्षिप्त सूची सार्वजनिक गरेको हो ।

समितिले छनोट भएका ४० जनाविरुद्ध उजुरीसमेत आह्वान भएको छ । संक्षिप्त सूचीमा रहेकाहरूमाथि कुनै प्रतिक्रिया भए पाँच दिनभित्र सम्पर्क गर्न आह्वान गर्दै समितिले सूचना जारी गरेको हो। 

उनीहरूविरुद्ध आफ्नो विषय पुष्टि हुने आधार र प्रमाणसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रमाणसहित लिखित रूपमा दिन सक्ने सूचनामा उल्लेख छ । 

दुई आयोगको अध्यक्षका लागि ८ जना र सदस्यका लागि ३२ जनाको नाम छनोट गरिएको हो । 

सरकारले गत कात्तिक २ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन भएको थियो । समितिमा राष्ट्रिय आदिवासी जनजाति महिला संघकी पूर्व अध्यक्ष स्टेला तामाङ, अमेरिकाका लागि नेपाली पूर्व राजदूत अर्जुन कार्की, पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती र राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी सदस्य छन् ।

दुवै आयोगको अध्यक्ष तथा सदस्य पदका लागि १२८ जनाको आवेदन परेको थियो । दुवै आयोगमा एक/एक अध्यक्ष तथा चार/चारजना सदस्य गरी कुल १० पदका लागि १२८ जनाले आवेदन दिएका थिए । 

null

salt training

कमेन्ट गर्नुहोस्