
नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सका शिखर धवन ५ रनमै आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीका धवन ५ बलमा ५ रन बनाएर आउट भएका हुन् ।
उनलाई विराटनगरका प्रतिश जिसीले आउट गरेका हुन् । उनी दोस्रो ओभरको तेस्रो बलमा आउट भएका हुन् । त्यसअघि उनले १ चौका प्रहार गरेका थिए ।
धवन आउट हुँदा कर्णालीले ८ रनमात्रै जोडेको छ ।
एनपीएलमा यसअघि तीन खेल खेलिसकेका उनले एक खेलमा धवनले अर्धशतक प्रहार गरेका थिए ।
उनले काठमाडौं गुर्खाजविरुद्ध ७४ रन, चितवन राइनोजसँग ४५ र जनकपुर बोल्ट्ससँग १४ रन जोडेका थिए ।