१० साउन २०८३, आइतबार

नेपाललाई ऋणको पासोमा पर्न दिँदैनौं : गगन थापा

मंसिर २२, २०८१
विराटनगर
नेपाललाई ऋणको पासोमा पर्न दिँदैनौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई ऋणको पासोमा पर्न नदिने बताएका छन् ।​

कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै उनले ​बीआरआईमा भएको सम्झौताबारे यस्तो बताएका हुन् ।

'हामी भारत, चीन, अमेरिकालगायतसँग राम्रो सम्बन्ध राख्न चाहन्छौं । तर, कसैको गठबन्धनमा जान चाहन्नौं,' थापाले भने, 'बीआरआई सम्झौता भयो । त्यसमा एउटा द्विविधा थियो । हामी नेपालले चाहे जस्तो मात्रै हुनुपर्छ भन्ने थियो । चीनले पनि आफ्नो चाहन्थ्यो । तर, हामीले कुनै पनि देशसँग ऋण लिएर देश विकास गर्ने अवस्थामा छैन । यो कुरा ढुक्क भएर हामीले भन्नू पर्छ । पोखरा विमानस्थलको ऋण अत्यन्तै खराब हो । बीआरआईलाई संसद्‌मा लिएर जाऔं । खुल्ला बहस गरौं । पाकिस्तान र श्रीलंका के भयो हेरौं । हामीले नेपाललाई कहीँ कसैको ऋणको पासोमा पार्न दिँदैनौं ।'

नागरिकहरूले अहिले भ्रष्टाचार, कुशासनको जन्जीरबाट निकाल्नुपर्छ भनिरहेको बताउँदै उनले कांग्रेस-एमाले गठबन्धनले त्यो गर्ने विश्वास व्यक्त गरे ।​

'कांग्रेस र एमाले मिलेर सरकार बन्ने कुरा स्वभाविक होइन । तर, यो के का लागि छ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ । अब संविधानमा केही पुनरावलोकन हुनुपर्छ,' उनले भने, 'हाम्रो अभ्यासले केही सिकाएको छ । ८४ सालमा १५ सालमा जस्तो लोकप्रिय मत ल्याए पनि एकल सरकार चलाउन सकिँदैन ।'

salt training

कमेन्ट गर्नुहोस्