२२ जेठ २०८३, शुक्रबार

भारतको देशभक्ति गीतबाट उपेन्द्र यादवको चुनावी प्रचार

कात्तिक २७, २०७४
भारतको देशभक्ति गीतबाट उपेन्द्र यादवको चुनावी प्रचार

सप्तरी, २७ कात्तिक-  संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हिन्दी गीत बजाएर चुनावी प्रचार शुरु गरेका छन्।
जिल्लाको क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार यादवले बसबिट्टीस्थित गजेन्दनारायण सिंह औधोगिक क्षेत्र अगाडि सहिदहरुको समाधिस्थलमा माल्यार्पण गरेपछि भारतको देशभभक्ति गीत ‘ऐ मेरे बतनके लोगो, जरा आँखमे भरलो पानी.....’ गीत सुनाएर प्रचार शुरु गरेका थिए।
कार्यक्रमको सुरुदेखि नै माओवादीलाई गाली गर्नमा अधिकांश समय खर्चेका यादवले आफूले जिते मधेसको लगानी र स्रोत मधेसकै विकासमा लगानी हुने दाबी गरेका थिए, अन्नपूर्ण पोस्टको अनलाइन संस्करणमा समाचार छ ।

salt training

कमेन्ट गर्नुहोस्