२९ असार २०८३, सोमबार

वामपन्थीहरू एक भए देश विकास हुन्छः महासचिव गुरुङ

मंसिर २२, २०८१
लमजुङ
वामपन्थीहरू एक भए देश विकास हुन्छः महासचिव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले वामपन्थी शक्तिहरू एक नभएसम्म देश बन्न नसक्ने बताएका छन् ।  

आज जिल्लाको दूधपोखरी गाउँपालिकामा स्थानीय पालिका कमिटीको तेस्रो सम्मेलन उद्घाटन गर्दै उनले वामपन्थीहरू एकताबद्ध भएर राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिएका हुन् । 

सबै दल एकजुट हुन सके राष्ट्रिय स्वाधीनताको रक्षा, स्थिरता र स्थायित्व सम्भव रहेको भन्दै महासचिव गुरुङले आफ्नो पार्टी देश र जनताको विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । पार्टी अध्यक्ष दाहाल नेतृत्वको सरकारले अघि बढाएका विकास योजना सरकार परिवर्तन भएसँगै बाँकी रहेका उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्