२१ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री ओली आज झापा जाँदै

मंसिर २३, २०८१
काठमाडौं
प्रधानमन्त्री ओली आज झापा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार गृहजिल्ला झापा जाँदैछन् ।  दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोड रूपैयाँको लागतमा निर्माण गरिएको १८ तले भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली  झापा जाने भएका हुन् । 

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । 

सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए । 

प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए । 

यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर – ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको पनि आज नै उद्घाटन गर्ने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्