२५ जेठ २०८३, सोमबार

गलकोटका दुई सडक स्तरोन्नति गरिँदै

मंसिर २३, २०८१
बाग्लुङ
गलकोटका दुई सडक स्तरोन्नति गरिँदै

बाग्लुङ गलकोटका दुई सडक स्तरोन्नति गरिँदैछ । 

संघीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–२ को नरेठाँटीबाट दुदिलाभाटीसम्मको दुई किलोमिटर र वडा नम्बर ३ को हटिया बजारबाट कोटघरसम्मको एक किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न थालिएको हो ।  

सडकसँगै सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु आर्थिक वर्षमा गलकोट–२ नरेठाँटीमा आधुनिक शौचालय, वडा नम्बर ५ मा सडक ढलान र वडा नम्बर ३ को कार्यालय निर्माण गरिरहेको छ । 

आयोजनाको सबै काम सात करोड ६५ लाखमा सम्पन्न गरिने उक्त कार्यालयका इञ्जिनियर शंकर पोखरेलले बताए । हालसम्म परियोजनाको १५ प्रतिशत काम पूरा भएको छ ।    

salt training

कमेन्ट गर्नुहोस्