१५ असार २०८३, सोमबार

तुलसीपुरका सबै वडाले थाले आफ्नै भवनबाट सेवा प्रवाह

मंसिर २३, २०८१
दाङ
तुलसीपुरका सबै वडाले थाले आफ्नै भवनबाट सेवा प्रवाह

तुलसीपुरका सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेका छन् ।

भवनविहीन तुलसीपुर–१९ ले पनि आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गरेको छ । यसअघि अन्य १८ वटै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएका थिए । 

'हामीले आजदेखि सबै वडा कार्यालयका आफ्नै भवनबाट सेवा दिन शुरू गरेका छौं,' उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले भने ।

यसअघि शिक्षा, स्वास्थ्य, पशु र कृषि शाखा भाडाका भवनमा सञ्चालन भएका थिए ।

पालिकाले वडा–वडामा सञ्चालनमा ल्याएका स्वास्थ्य केन्द्रलाई पनि केही समयमा आफ्नै भवनबाट सेवा दिनेगरी पक्रिया अगाडि बढाएको नगरप्रमुख खड्काले बताए ।

salt training

कमेन्ट गर्नुहोस्