३० असार २०८३, मंगलबार
नेपाल प्रिमियर लिग

लुम्बिनी लायन्सविरुद्ध जनकपुरको रोमाञ्चक जीत

मंसिर २३, २०८१
काठमाडौं
लुम्बिनी लायन्सविरुद्ध जनकपुरको रोमाञ्चक जीत

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध जनकपुरले रोमाञ्चक जीत निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले १३६ रन बनाएको थियो । 

पहिलो जीतका लागि १३७ रनको विजयी लक्ष्य पच्छ्याएको लुम्बिनी लायन्सलाई अन्तिम बलमा २ रन आवश्यक थियो ।

तर हर्स थाकरले ​अन्तिम बलमा सन्दीप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जीत हात पारेको हो ।

लुम्बिनीले २० ओभरको समाप्तिमा ८ विकेट गुमाएर १३५ रन मात्रै बनायो ।​​

लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । टम मुर्स ३१, अर्जुन साउदले २०, सन्दीप जोराले १६ रन बनाए ।​

एनपीएलमा लगातार चौथो जीत निकालेको जनकपुर ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । 

लुम्बिनीको भने यो लगातार चौथो हार हो ।

आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्दै छन् ।

salt training

कमेन्ट गर्नुहोस्