०४ साउन २०८३, सोमबार

सुनको सिक्री लुटपाट गरेको आरोपमा काठमाडौंमा दुई जना पक्राउ

मंसिर २३, २०८१
काठमाडौं
सुनको सिक्री लुटपाट गरेको आरोपमा काठमाडौंमा दुई जना पक्राउ

प्रहरीले सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका-२ स्थायी घर भई काठमाडौंको नागार्जुन नगरपालिका-४ शरणपुर बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाडौं महानगरपालिका-१५, विजेश्वरीका बाबु भनिने ३९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ रहेका छन् । 

उनीहरूले नागार्जुन नगरपालिका-६ टौखेलकी ७२ वर्षीया मैया बुढाथोकीले घाँटीमा लगाएको २ तोलाको सुनको सिक्री लुटेको प्रहरीले जनाएको छ । बुढाथोकी घर नजिक बसेका बेला मोटरसाइकमा पुगेका उनीहरूले लुटपाट गरेका थिए । 

प्रहरीले पक्राउ परेकाहरूको साथबाट लुटिएको दुई तोलाको सुनको सिक्री र लुटपाटमा प्रयोग गरिएको बा ९६ प ५७१७ नम्बरको अपाचे मोटरसाइकल समेत बरामद गरेको छ । 

पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त स्वयम्भूको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्