३१ जेठ २०८३, आइतबार

यसपटकको निर्वाचनमा सरकारी खर्च अत्याधिक बढ्ने

कात्तिक २७, २०७४
यसपटकको निर्वाचनमा सरकारी खर्च अत्याधिक बढ्ने

काठमाडौं, २७ कात्तिक- विगतका निर्वाचनभन्दा यसपटकको निर्वाचनमा सरकारी खर्च अत्याधिक बढ्ने भएको छ । चौतर्फी बढ्दै गएको महँगी र प्रतिनिधिसभा तथा प्रदेशसभा गरी दुई निकायको निर्वाचन एकैपटक हुन लागेकाले सरकारी खर्च अत्याधिक बढ्ने भएको हो ।

निर्वाचन आयोगले आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारसँग १० अर्ब रुपैयाँ माग गरेको छ । यसअघिका निर्वाचनमा भएको खर्च र यसपटक बढ्ने रकमसमेतलाई आधार बनाउँदै आयोगले अर्थ मन्त्रालयसँग सो रकम माग गरेको हो ।

यसैगरी गृह मन्त्रालयमार्फत पनि निर्वाचन आयोगकै हाराहारीमा खर्च हुने भएको छ । गृह मन्त्रालयमार्फत हालै भर्ना भएका करिब ९८ हजार म्यादी प्रहरी र तिनका लागि लाग्ने खर्च तथा अन्य सुरक्षा निकायअन्तर्गत विभिन्न प्रयोजनमा हुने खर्च पनि झन्डै १० अर्बकै हाराहारीमा पुग्ने देखिएको छ । यी दुवै खर्च जोड्दा आगामी निर्वाचनमा २० अर्बको हाराहारीमा सरकारी बजेट खर्च हुने देखिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ,राजधानी दैनिकमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्