११ साउन २०८३, सोमबार

एमाले र माओवादीको एकता चुनावपछि मात्रै, यसो भन्छन् प्रचण्ड

कात्तिक २७, २०७४
एमाले र माओवादीको एकता चुनावपछि मात्रै, यसो भन्छन् प्रचण्ड

चितवन, २७ कात्तिक– नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर १० गते नै माओवादी र एमालेबीच पार्टी एकता हुन लागेको भनेर निराधार हल्ला फैलाइएको बताएका छन् । दुवै पार्टीबीच दुवै चरणको चुनावपछि मात्रै पार्टी एकता हुने पनि उनले प्रस्ट पारेका छन् । 

सोमबार चितवन क्षेत्र नम्बर ३ मा चुनावी प्रचार अभियानका क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले मंसिर ९ गते नै एमाले र माओवादीबीच पार्टी एकता हुन्छ भनेर फैलाइएको हल्ला निराधार भएको बताए । 

‘दुवै पार्टीबीच एकताको प्रक्रिया अगाडि बढिसेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘तर चुनाव पछि मात्रै एकताले औपचारिकता ग्रहण गर्ने हो । मंसिर ९ गते नै एकता घोषणा हुन्छ भन्नु निराधार हल्ला हो ।’
विचार मिल्ने पार्टीबीच एकता हुनु आवश्यक रहेको भन्दै भन्दै अध्यक्ष प्रचण्डले कांग्रेस पार्टीले पनि विचार मिल्ने पार्टीसँग एकता गर्न सुझाव दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्