१९ असार २०८३, शुक्रबार

जङ्गली हात्तीको आक्रमणबाट वन हेराला गम्भीर घाइते

मंसिर २५, २०८१
काठमाडौं
जङ्गली हात्तीको आक्रमणबाट वन हेराला गम्भीर घाइते

जङ्गली हात्तीले आक्रमण गर्दा आज साँझ पुनर्वास नगरपालिका १० का ६० वर्षीय परी विष्ट गम्भीर घाइते भएका छन् ।

साँझ ४ बजे मधु सामुदायिक वनमा वनगस्तीमा रहेका बेला वनहेराला विष्टमाथि हात्तीले आक्रमण गरेको हो । झाडीबाट निष्केको हात्तीको बथानले आक्रमण गर्दा विष्टको छातीमा गम्भीर चोट लागेको कुण्डा सवडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए । उनका अनुसार घाइते विष्टको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालको सघन उपचार केन्द्र (आइसियु) मा उपचार भइरहेको छ । 

वन क्षेत्रमा हात्तीका दुई छावासहित २०/२५ को सङख्यामा रहेका छन् । जङ्गली हात्ती लालझाडी संरक्षित वन क्षेत्रमै भएकाले छेउछाउका बस्तीका बासिन्दालाई सतर्कता अपनाउनका लागि आग्रह गरिएको कार्यालय प्रमुख यादवले बताए । 

salt training

कमेन्ट गर्नुहोस्