
काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । चिसो बढ्ने क्रम अझै जारी रहने मौसमविद्हरूले बताएका छन् ।
यद्यपि मौसम भने सफा रहने छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईं तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।