०६ साउन २०८३, बुधबार

जनकपुरले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दै

मंसिर २६, २०८१
काठमाडौं
जनकपुरले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ । 

बुधबार बिहान टीयू क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

जनकपुर अपराजित टोली हो भने सुदूरपश्चिमले एक खेल गुमाएको छ ।

जनकपुर आज पनि जीत निकालेमा २ खेलअगावै प्लेअफ पुग्ने पहिलो टोली बन्ने छ । जनकपुर ४ खेलमा ४ जीतसहित पहिलो र सुदूरपश्चिम ३ जीतसहित दोस्रो स्थानमा छन् ।

आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाडौं गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्