१३ असार २०८३, शनिबार

सुदूरपश्चिमको शानदार जीतपछि देउडामा रमाए समर्थक

मंसिर २६, २०८१
काठमाडौं
सुदूरपश्चिमको शानदार जीतपछि देउडामा रमाए समर्थक

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता लिग चरणका खेलहरू अन्तिम चरणमा पुगेका छन् । यही मंसिर १५ देखि शुरू भएको एनपीएलमा बुधबारको खेल सकिएपछि लिग चरणमा ९ वटा खेल मात्र बाँकी रहेनछन् । 

प्रतियोगिता क्वालिफायरतर्फ अघि बढ्दै गर्दा निकै रोचक र रोमाञ्चक भइरहेको छ । शुरूमा कमजोर देखिएका टिम फर्मका फर्किँदैछन् । एनपीएलको रोमाञ्चकता बढ्दै गर्दा त्रिवि क्रिकेट मैदानमा हरेक दिनजसो फ्रेन्चाइज टोलीका समर्थकहरू पुग्ने गरेका छन् । आफ्नो मन परेको टिमको समर्थनका लागि क्रिकेटप्रेमीहरू कीर्तिपुर पुग्ने गरेका हुन् ।

उनीहरूले खेलाडीहरूलाई हौसला प्रदान गरिरहेका छन् । शनिबार वा सार्वजनिक विदाको दिन त दर्शकको भीड थामिनसक्नु हुन्छ ।

बुधबार भएको लिग चरणको पहिलो खेलमा अपराजित टोली जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्सले शानदार जीत निकाल्यो । १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरलाई सुदूरपश्चिमले ७२ रनले पराजित गर्‍यो । सुदूरपश्चिमका बलरसामु टिक्न नसकेको जनकपुर १२.१ ओभरमा ५१ रनमा अलआउट भयो ।

जसै सुदूरपश्चिमले शानदार जीत निकाल्यो उसका समर्थकहरूले त्रिवि क्रिकेट मैदानको दर्शकदीर्घामा सुदूरपश्चिमको संस्कृति बोकेको देउडा खेले । देउडामा रमाए । उनीहरूले सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी लगायत खेलाडीहरूको नाम उच्चारण गर्दै देउडा खेले । जसले माहोललाई थप रोमाञ्चक बनायो । 

salt training

कमेन्ट गर्नुहोस्