
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनायो ।
काठमाडौंका भीम सार्कीले सर्वाधिक ३१ रन बनाए ।
यस्तै डान डौथवेटले २१, प्रतीक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन बनाए ।
ओपनर माइकल लेभिटले खाता खोल्न सकेनन् ।
बलिङतर्फ लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए ।
सिमन्ड्स र अभिषेश गौतमले २/२ विकेट लिए भने सूर्य तामाङ र विवेक यादवले १/१ विकेट लिए ।
एनपीएलमा आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । प्रतियोगितामा जनकपुरको यो पहिलो हार हो ।