०३ साउन २०८३, आइतबार

वर्षा बस्नेत बनिन् टीभीएस मोटोसोलमा १२५सीसी स्कुटर डर्ट रेसकी विजेता

मंसिर २६, २०८१
काठमाडौं
वर्षा बस्नेत बनिन् टीभीएस मोटोसोलमा १२५सीसी स्कुटर डर्ट रेसकी विजेता

नेपाली मोटरस्पोर्ट इतिहासमा एक महत्त्वपूर्ण सफलता हासिल गर्दै वर्षा बस्नेतले टीभीएस मोटोसोल २०२४को १२५सीसी स्कुटर डर्ट रेस श्रेणीमा उपाधि हात पार्न सफल बनेकी छिन् ।​

टीभीएस मोटोसोल एक अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल महोत्सव हो ।

विगत ३ संस्करणदेखि चौथो सँस्करणसम्म आइपुग्दा यसले मानिस र मशिनबीचको सम्बन्धलाई केन्द्रमा राखेर संसारभरका मोटर राइडिङ समुदायहरूलाई एकै ठाउँमा उभ्याउँदै आइरहेको छ ।

'टीभीएस मोटोसोल, ईट्स मोर देन अ फेस्टिवल, ईट्स ए फिलिंग' भन्ने नारासहित आयोजित यो महोत्सवको यो चौथो सँस्करण हो ।

महोत्सवले गोवाको भव्य वागाटोर समुद्र किनारलाई थ्रिल, रोमाञ्चकता र असीमित उत्साहले भरिएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवको यस चौथो सँस्करणले मोटरसाइकल राइडिङ, थ्रिलिङ रेसहरू, नवीनतम् कस्टम मोटरसाइकल सार्वजनिक कार्यक्रम, तथा राइडिङ संस्कृतिको विविध पाटोहरूलाई उत्सवका रुपमा मनाउने अवसर प्रदान गरेको छ ।

null

विभिन्न मुलुकका मोटर राइडिङ समुदायहरूको सहभागिता रहेको यस महोत्सवले मोटर स्पोर्ट्सका नयाँ प्रतिभाहरूलाई अगाडि ल्याउने थलोको रूपमा आफूलाई स्थापित गर्दै गइरहेको छ । 

वर्षा बस्नेतको यस अद्वितीय सफलताले नेपाललाई अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्सको नक्सामा झन् मजबुत रूपमा प्रस्तुत गरेको छ ।

टीभीएस मोटोसोलको चौथो सँस्करणमा सहभागी भई, उनले आफ्नो साहस, प्रतिबद्धता र कौसल प्रदर्शन गर्दै नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन् ।​​​ 

'यो महोत्सव केवल रेसिङ र इभेन्टको बारेमा मात्र नभइ मानिस र मेसिनको अमिट सम्बन्धको उत्सव हो । यो भावना हाम्रो हरेक सँस्करणमा झल्किन्छ र यस वर्ष बर्षा बस्नेतजस्ता प्रतिभाहरूले यसलाई अझ विशेष बनाइदिएका छन्,' जारी विज्ञप्तिमा भनिएको छ ।​

​टीभीएस मोटोसोल आगामी वर्षहरूमा पनि यस्तै रोमाञ्चक र प्रभावशाली सँस्करणहरू प्रस्तुत गर्दै मोटरस्पोर्ट र मोटरसाइकल राइडिङको क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्