०४ असार २०८३, बिहीबार
मध्यराति खोलामा खस्यो जीप

जाजरकोटमा जीप दुर्घटना हुँदा एक दुधे बालकसहित पाँच जनाको मृत्यु

मंसिर २७, २०८१
काठमाडौं
जाजरकोटमा जीप दुर्घटना हुँदा एक दुधे बालकसहित पाँच जनाको मृत्यु

जाजरकोटको नलगाडमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।

गएराति नलगाड नगरपालिका–३ बिरखोलामा ग ३ च ९८४५ नम्बरको जीप दुर्घटनामा हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिराम डाँगीले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा इन्द्रजित थापा, शारदा थापा, शिला पुन र लक्ष्मी पुन र उनका एक महिनाका छोरा आलोचनको मृत्यु भएको हो । 

दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा जीवन विक र जनक थापा छन् । घाइतेमध्ये विक डिस्चार्ज भैसकेका छन् भने थापाको उपचार भैरहेको उनले बताए । जीपमा सात जना सवार थिए । 

कालिमाटी बजारबाट कैना हुँदै कटके जाने क्रममा बाँस्कुटीको उकालोबाट जीप बिराखोलामा झरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्