०८ साउन २०८३, शुक्रबार
एनपीएल क्रिकेट

रोमाञ्चक सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

मंसिर २७, २०८१
काठमाडौं
रोमाञ्चक सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो सुपर ओभरमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्स विजयी भएको छ ।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको पोखराले लगातार दुई छक्का र एउटा चौका प्रहार गर्दै १८ रन बनाएको थियो । 

तर, १९ रन लक्ष्य पच्छ्याएको विराटनगरले एक ओभरमा ५ रनमात्रै बनाएपछि पोखरा विजयी भएको हो ।

एनपिएलकै पहिलो  सुपर ‍ओभरमा पहिले ब्याटिङ गरेको पोखराका लागि आन्द्रेस गौस र रेमन्ड रेइफरले ब्याटिङ गरेका थिए । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने थिए ।

विराटनगरका लागि मार्टिन गप्टिल र निकोलास किर्टोन ब्याटिङमा थिए । बलिङमा पोखराका रेइफर थिए ।

यसअघि १४० रन पछ्याएको पोखराले २० ओभरमा १३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

 

पाँचौं खेलमा पोखराको यो दोस्रो जित हो। विराटनगर भने पाँचमध्ये चार खेलमा पराजित भइसकेको छ ।

चार खेलमा पराजित भएसँगै विराटनगर लिग चरणबाट बाहिरिने संघारमा छ। 

salt training

कमेन्ट गर्नुहोस्