
मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरू भएको छ। बैठक केहीबेरअघिदेखि जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण, भ्रमणका क्रममा भएका बीआरआई लगायतका सम्झौताका विषयमा प्रधानमन्त्रीले बताउनेछन् ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा गएर २० गते फर्किएका थिए। परराष्ट्र मन्त्रालयले मंगलबार बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कममा समझदारी भएका बुँदाहरू सार्वजनिक गरिसकेको छ ।