२८ असार २०८३, आइतबार

स्कारपियोले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

मंसिर ३०, २०८१
सप्तरी
स्कारपियोले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

सप्तरीको बोदेबरसाइन–सुभनपट्टी खण्डअन्तर्गत बोदेबरसाइन नगरपालिका–१० खडकपुरमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटना हुनेमा मोटरसाइकल पछाडि सवार खडक नगरपालिका–७ कल्याणपुर बस्ने अन्दाजी ३२ वर्षीय मोहम्मद कोराइस अलीको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।​​​

सुभनपट्टीबाट बोदेबरसाइनतर्फ आउँदै गरेको बीआर ०७ बीएबी ८१७२ नम्बरको भारतीय स्कारपियोले विपरीत दिशाबाट आएका मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार अलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबरसाइनले जनाएको छ ।​

दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका- ११ का अन्दाजी २४ वर्षीय  मो. सदाम गम्भीर घाइते भएका छन् ।

उनको स्थानीय जीवनज्योति अस्पताल बोदेबर्साइनमा उपचार भइरहेको छ । ठक्कर दिने स्कारपियो इलाका प्रहरी कार्यालय बोदेबर्साइनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । ​

स्कारपियोका चालक फरार छन् । साथै दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्