
नेपालमा डिजिटल सेफ्टी जागरुकताका लागि टिकटकले सेफ्टी एम्बेस्डरहरूसँग छलफल गरेको छ ।
कार्यक्रममा ओसिन सिटौला, पराक्रम राणा, मञ्जिता मानन्धर (माई डार्लिंग फुड), सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सेना, श्री पाण्डेलगायत नेपालका चर्चित कन्टेन्ट क्रियटरसहितको प्यानल छलफल भएको थियो ।
नेपालका क्रियटर कम्युनिटी र पत्रकारहरू सम्मिलित प्यानलका सदस्यहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीलगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षहरूबारे छलफल गरेका थिए ।
उक्त अवसरमा आकर्षक कन्टेन्ट सिर्जना गरेर कसरी राम्रो कन्टेन्ट क्रियटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिहरूलाई सुझाव र दिशानिर्देशहरू पनि दिइएको थियो ।
विश्वव्यापी रूपमा १ बिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक आफ्ना प्रयोगकर्ताहरूलाई सशक्त बनाउन समर्पित मनोरञ्जन प्लेटफर्म हो ।
नयाँ र विविधतायुक्त समुदायको लागि प्रशंसित टिकटक लोकप्रिय हुनुको अर्को कारक भनेको प्रयोगकर्ता र प्लेटफर्म दुवैको सुरक्षामा यसको जोडदार फोकस हो । नेपालमा #SaferTogether अभियान यस प्लेटफर्मको लागि उक्त दिशामा अर्को सकारात्मक कदम रहेको कम्पनीले जनाएको छ ।