काठमाडौं, २८ कात्तिक-नेपाली कांग्रेसले आगामी १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा आफ्ना उमेदवारहरूलाई मतदाताको घरदैलोमा केन्द्रित गर्दै शीर्ष नेतृत्वलाई ठूला चुनावी सभामा सहभागी गराउँने तयारी गरेको छ ।
कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले पार्टीका ठूला नेताहरू ठूला आमसभा तथा चुनावी सभाहरूमा सहभागी हुने र उम्मेदवारहरू मतदाताको घरदैलो तथा कोणसभाहरूमा केन्द्रित हुने बताए । ‘ठूला नेताहरू ठूला आमसभा तथा चुनावी सभाहरूमा सहभागी हुनुहुन्छ, उम्मेदवारहरू मतदाताको घरदैलोमा मत माग्न जानुहुन्छ,’ नेता खाँडको भनाइसहितको खबर राजधानी दैनिकले छापेको छ ।