०७ असार २०८३, आइतबार

प्रहरीमा एआईजीको भीडभाड, फेरि ४ दरबन्दी थपियो

कात्तिक २८, २०७४
प्रहरीमा एआईजीको भीडभाड, फेरि ४ दरबन्दी थपियो

काठमाडौँ, २८ कात्तिक- नेपाल प्रहरीका चार डिआइजीलाई एआईजी बढुवामा सिफारीस गरेको छ । एआईजीको थप दुई वटा दरबन्दी थप गरी चारजनालाई एआईजी बढुवामा सिफारीस गरिएको हो ।


डिआईजीहरु हेमन्त पाल, मधु पुडासैनी, माधव नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवामा सिफारीस गरिएको हो । उनीहरू सबै आईजिपी प्रकाश अर्यालका ब्याची हुन् । तीन महिनाअघि नै सरकारले दुई वटा एआइजीको दरबन्दी सिर्जना गरेको थियो । तर, प्रतिस्पर्धी धेरै भएपछि फेरि दुईवटा दरबन्दी थपिएको हो ।

योसँगै नेपाल प्रहरीमा अब एआइजीको संख्या १६ पुगेको छ, नयाँ पत्रिकामा खबर छ  । 

कमेन्ट गर्नुहोस्