२६ जेठ २०८३, मंगलबार

जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

पुस २, २०८१
काठमाडौं
जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौंको कागेश्वरी मनोहराबाट जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् ।​

कागेश्वरी मनोहरा नगरपालिका- ४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा (ओखर) खेलिरहेको अवस्थामा सोही नगरपालिकाको डाँछी बस्ने ३३ वर्षीय हस्तबहादुर तामाङसहित १७ जनालाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट १ लाख ६५ हजार ४ सय रुपैयाँ र १९ दाना ओखर बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्