०८ असार २०८३, सोमबार

ललितपुर महानगरका प्रहरी प्रमुख हाछेथु सम्मानित

पुस २, २०८१
काठमाडौं
ललितपुर महानगरका प्रहरी प्रमुख हाछेथु सम्मानित

ललितपुर महानगरपालिका नगर प्रहरी प्रमुख सीताराम हाछेथु सम्मानित भएका छन् ।

महानगरपालिकाले आफ्नो १०६ औं दिवसमा हाछेथुको कामको प्रशंसा गर्दै सम्मान गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा महानगर प्रमुख चिरिबाबु महर्जनले हाछेथुकै कामले महानगर सफा र स्वच्छ रहेको प्रशंसा गरेका थिए ।

महर्जनले महानगरलाई धुलोरहित, प्रदूषणरहितका साथै सडकमा भएका अव्यवस्थित टहरा एवं निर्माणलाई भत्काएर हिँड्न लायक बनाउने काममा हाछेथुको कार्य प्रशंसनीय रहेको बताएका थिए ।​

हाछेथुकै नेतृत्वमा महानगर प्रहरीले ढल सरसफाइदेखि आगलागी नियन्त्रण, ढुंगेधारालगायत सांस्कृतिक र पौराणिक महत्त्व बोकेका संरचनाको सरसफाइ एवं संरक्षणमा धेरै काम गरेको छ ।

त्यस्तै महानगरभित्र असरल्ल परेका तारहरू हटाइएको र पाटी पौवाहरूमा पलाएको झार हटाएर संरक्षण गरेको छ ।

नगर प्रहरीले अनधिकृत संरचना हटाएको छ भने ​बाढीपहिरोमा परेकाको उद्धार, सडक बालबालिकाहरूको उद्धारलगायतका काम गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्