०२ साउन २०८३, शनिबार

जिपको ठक्करबाट बालाजुमा साइकल यात्रीको मृत्यु, जिप चालक फरार

कात्तिक २८, २०७४
जिपको ठक्करबाट बालाजुमा साइकल यात्रीको मृत्यु, जिप चालक फरार

काठमाडौँ, २८ कात्तिक–बालाजुमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । 

गएराति ११ बजेतिर नम्बर नखुलेको जिपको ठक्करबाट घाइते भएका नुवाकोट गेर्खुका शेखर प्याकुरेलको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । 

यस्तै, साइकलको पछाडि रहेका तनहुँ दमौलीका मन्दीप परियारको पिपल्स अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् जिपसहित चालक फरार रहेको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्