
रियल म्याड्रिडका स्टार फुटबलर त्रिस्टियानो रोनाल्डो फेरि पिता बनेका छन् । उनकी गर्लफ्रेन्ड जार्जिना रोड्रिग्जले एक नयाँ छोरीलाई जन्म दिएकी छन् ।
रोनाल्डोले खुसी हुँदै सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘अलाना मार्तिनाको भर्खरै जन्म भएको छ । जियो र अलाना दुवै ठीक छन् । हामी धेरै खुसी छौं ।’
रोनाल्डो जुम्ल्याहा बच्चा इवा मातेओका पनि पिता हुन् । उनीहरुको जन्म यही वर्षको जुनमा भएको थियो । उनले आफ्नी गर्लफ्रेन्ड जार्जिना र ७ वर्षीय छोरा क्रिस्टियानो जूनियरको पनि तस्बिर ट्वीटरमा सेयर गरेका छन् ।
रोनाल्डो र स्पेनकी मोडेल जार्जिना रोड्रिग्ज विगत लामो समयदेखि सम्बन्धमा छन् । तर दुवै जनाले अहिलेसम्म विवाह गरेका छैनन् ।
यो भन्दा पहिलो जुन महिनामा रोनाल्डोका घरमा सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चा जन्मिएका थिए ।
नयाँ छोरीको जन्मसँगै रोनाल्डो ४ बच्चाका पिता बनेका छन् । रोनाल्डोका जेठा छोरा ७ वर्षका छन् ।
सन् २०१६ को यूरोकप विजेता पोर्चुगेली फुटबल टिमका कप्तान रोनाल्डो जुन २०१० मा पहिलोपटक पिता बनेका थिए ।
Genes 👌👌👌 pic.twitter.com/ctVAuXhuzu
— Cristiano Ronaldo (@Cristiano) November 12, 2017
उनको पहिलो बच्चा पनि सरोगेट (भाडामा लिइएकी) आमाबाट जन्मिएका हुन् ।