२० असार २०८३, शनिबार
कार्यालय समय पालनामा कडाइ

सिंहदरबारमा कर्मचारीमाथि 'डण्डा', २ दिनमै गृह मन्त्रालयका ६२ कर्मचारी कारबाहीमा

​सवा १० देखि अपराह्न ४ बजेसम्म हाजिरी मशिन नचल्ने, समय पालना नगरे गयल र नसिहत
पुस ४, २०८१
काठमाडौं
सिंहदरबारमा कर्मचारीमाथि 'डण्डा', २ दिनमै गृह मन्त्रालयका ६२ कर्मचारी कारबाहीमा

पछिल्लो २ दिनमा गृह मन्त्रालयका ६२ जना कर्मचारी कारबाहीमा परेका छन् । उपसचिवदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीलाई मन्त्रालयले हाजिरी गयल गराउनुका साथै नसिहत दिएर कारबाही गरेको हो ।

पुस ३ र ४ गते गरेको छड्केमा ६२ जना कर्मचारी कारबाहीमा परेको गृह मन्त्रालयले जनाएको छ । समयमा कार्यालय नआउने र कार्यालयबाट बाहिरिँदा हाजिरी नगर्ने कर्मचारीहरू कारबाहीमा परेका हुन् ।

मन्त्रालयको प्रशासन महाशाखा प्रमुख समेत रहेका सहसचिव छवि रिजालका अनुसार पुस ३ गते कार्यालयबाट जाँदा हाजिर नगर्ने ४५ जना तथा पुस ४ गते ढिला कार्यालय आउने १७ जना कर्मचारीलाई कारबाही गरिएको छ ।

'पुस ३ गतेदेखि हामीले कार्यालय समय पालना गर्न बिहानको सवा १० बजेपछि ई-हाजिरी मशिन नचल्ने र दिउँसो ४ बजेपछि मात्र खुल्ने गरी सिस्टम विकसित गरेका छौं,' रिजालले लोकान्तरसँग भने, 'सवा १० बजेसम्म नआउने कर्मचारीको हाजिरी गयल गरेका छौं भने समयागावै कार्यालय छाडेर जाने कर्मचारीलाई पनि बोलाएर सोधपुछ गरेका छौं ।'

मन्त्रालयबाट प्राप्त विवरणअनुसार पुस ४ गते सवा १० बजेसम्म मन्त्रालय नआउनेमा २ जना उपसचिव, ९ जना शाखा अधिकृत, २ जना नायब सुब्बा, २ जना कम्प्युटर अपरेटर र २ जना हलुका सवारी चालक छन् ।

उपसचिवहरू एकदेव अधिकारी र कृष्णप्रसाद चापागाईं, शाखा अधिकृतहरू प्रमोद विक, हरिता श्रेष्ठ, भुवनकुमार पाण्डेय, मनोजप्रसाद दाहाल, नारायण खत्री, सुमन भट्टराई, आशिष शर्मा र मानबहादुर बुढा सवा १० बजेसम्म पनि कार्यालय आइपुगेका थिएनन् ।

त्यसैगरी, नायब सुब्बाहरू कमल आचार्य र ईश्वर ढुंगाना, कम्प्युटर अपरेटरहरू मनोजबहादुर चन्द र डमरुदेव कापडी तथा हलुका सवारी चालकद्वय कृतिबहादुर बस्नेत र प्रकाशबहादुर थापा पनि समयमा कार्यालय आएनन् ।

समयमा कार्यालय नआएका कर्मचारीको विवरण

पुस ३ गते कार्यालयबाट जाँदा उपसचिव रवीन्द्रप्रसाद आचार्यले हाजिरी गरेका थिएनन् ।

शाखा अधिकृतहरू अरुण सापकोटा, गीतादेवी ढकाल, खेमराज पौडेल, मनोजप्रसाद दाहाल, दीपेश बिँडारी, नविन लामिछाने, शिवबहादुर गुरुङ, चिरञ्जीवी जीएम, अनुपम पौडेल, ऋषिकेश खतिवडा, सविन वाग्ले, संगिथा कोइराला पनि हाजिरी नगरी बाहिरिएका थिए ।

त्यसैगरी, लेखा अधिकृतहरू सरोज सुवेदी र शालिकराम पराजुली तथा कानून अधिकृत प्रमोद विक पनि हाजिरी नगरी बाहिरिएको गृहमन्त्रालयको तथ्यांक छ ।

null

नायब सुब्बाहरू गुरुप्रसाद पोखरेल, रमिता माझी, श्रीकृष्ण पौडेल, कमल आचार्य, सुरेशकुमार जोशी, अनुजली रम्तेल, महादेव थापा, मोहन डीसी, टंकनाथ गौतम, गोन्दिव विक र कविराज उपाध्यायले पनि कार्यालयबाट जाँदा हाजिरी गरेका थिएनन् ।

लेखापाल खिमा अर्याल र कम्प्युटर अपरेटर यमुना केसी पनि हाजिरी नगरी बाहिरिए ।

त्यसैगरी, कार्यालय सहयोगीहरू रामशरण भुजेल, अन्सु गौतम, अनिता पाण्डे, ईश्वरा चुडाल, शम्शेर गुरुङ, लक्ष्मण विश्वकर्मा, दिनेश कपाली, विवेक पुजारी, गायत्री सिग्देल, सविना कुचिकार, सल्मा कपाली, सानुमैया कपाली, विनु पुजारी तामाङ, पुष्पा सुनार, सानुबहादुर नेपाली र रिजेश नेपालीले पनि बाहिरिने क्रममा हाजिरी गरेनन् ।

null

अपराह्नको हाजिरी नगरी टाप कसेका कर्मचारीको विवरण

कर्मचारीहरू समयमा नआउने, आए पनि हाजिरी गरेर टाप कस्ने गरेको गुनासो बढेपछि मन्त्रालयले 'एक्सन' लिएको प्रशासन महाशाखा प्रमुख रिजालले बताए ।

'अहिले हामीले दुई दिनदेखि हाजिरीलाई स्क्रिनिङ गर्न शुरू गरेका छौं,' उनले थपे, 'बिदा नलिएको, पूर्व जानकारी नदिएको, काजमा पनि नखटेको अवस्थामा सवा १० बजेसम्म कार्यालय नआउने कर्मचारीको हाजिरी गयल गरेका छौं ।'

कर्मचारीको बढ्दो लापरबाहीलाई नियन्त्रण गर्न तथा अनुशासित बनाउनका लागि उक्त 'एक्सन' लिइएको उनले खुलाए । 'अहिले एक/दुई पटकका लागि हामीले त्यस्ता कर्मचारीलाई  बोलाएर नसिहत दिएर छाडेका छौं,' रिजालले थपे, 'तर, पटक–पटक उक्त लापरवाही दोहोरिएको पाइएमा विभागीय कारबाही पनि गर्छौं ।'

गृह मन्त्रालय मात्र होइन, सिंहदरबारस्थित अन्य मन्त्रालयमा समेत कर्मचारी ढिला आउने, आए पनि कार्यकक्षमा नभेटिने, कार्यालय समय सकिनुअघि नै टाप कस्ने प्रवृत्ति देखिएको छ ।

मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बस्ने गरेको सचिव बैठकमा उक्त विकृति हटाउन पटक–पटक निर्देशन दिइएको भएपनि सचिवहरूले कार्यान्वयन गरिरहेका थिएनन् ।

गृह मन्त्रालयले कार्यालय समय पालनाका लागि ई–हाजिरी सवा १० बजे बन्द गर्ने र ४ बजे मात्र खोल्ने प्रणाली विकास गरेपछि अब अन्य मन्त्रालयले पनि विस्तारै उक्त प्रणाली लागू गर्ने तयारी गरेका छन् ।

अन्य मन्त्रालयमा पनि अब यसैगरी कडाइको तयारी भइरहेको अर्को एक मन्त्रालयका कर्मचारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्