०४ साउन २०८३, सोमबार

नेशनल लाइफका ४९१ अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता

पुस ४, २०८१
काठमाडौं
नेशनल लाइफका ४९१ अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि तीन दिने चेयरपर्सन क्लब सदस्य सम्मान तथा तालिम कार्यक्रम गरेको छ ।

काठमाडौंस्थित होटल सोल्टी क्राउन प्लाजामा भएको कार्यक्रममा आर्थिक वर्ष २०८०/२०८१ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४९१ जना अभिकर्ताहरूलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण गरिएको छ ।  साथै, उनीहरूलाई सम्मान समेत गरिएको छ ।

चेयरपर्सन क्लब कार्यक्रममा सिंहले अथक परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पूरा गरी सदस्यता प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गर्दै छनोट भएका सबै अभिकर्तालाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधामा सर्वोत्कृष्ट घोषित भएका अभिकर्तालाई सम्मान प्रदान गरिन्  ।

सो अवसरमा उनले आर्थिक वर्ष २०८०/८१ मा समग्र जीवन बीमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमा अभिकर्ताहरूको अतुलनीय योगदान रहेको बताइन् ।

कम्पनीको वित्तीय सूचकहरू पनि सन्तोषप्रद रहेको तथा कम्पनीको वित्तीय संरचना, कम्पनीका प्रचलित बीमा योजना, बीमितलाई प्रदान गर्दै आएको प्रतिफल बोनसदर, पुँजी बजारमा कम्पनीको उपस्थिति, व्यापक अभिकर्ता सञ्जाल आदि सबैले आउने दिनमा कम्पनीले थप प्रगति गर्नेमा विश्वस्त रहेको बताइन् ।

null

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत भाषणका क्रममा कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहसँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी केही नयाँ अभ्यास शुरू गरेको र यसबाट व्यावसायिक अभिकर्तालाई प्रत्यक्ष लाभ पुगेको बताए । 

साथै, उनले चेयरपर्सन क्लब कार्यक्रमलाई थप मर्यादित र आकर्षक बनाउन विगतदेखि नै प्रयास गर्दै आइरहेको हुँदा उत्कृष्ट व्यवसाय गर्ने व्यावसायिक अभिकर्ताहरू थप उत्साहित भएको बताए । 

कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी जानकारी दिने उद्देश्यले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षण दिए ।

समारोहमा आर्थिक वर्ष २०८०/८१ मा १०० वा सो भन्दा बढी बीमालेख बिक्री गर्न सफल अभिकर्ता, नेशनल स्टार र नेशनल सुपर स्टार घोषित अभिकर्ता, विगत १० वर्षदेखि निरन्तर चेयर पर्सन क्लबमा छनोट हुने अभिकर्ताहरू, आव २०८०/८१ मा सञ्जाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसाय गर्ने ७ जना र आफ्नो कोडबाट उत्कृट व्यवसाय गर्ने ७ जना अभिकर्ताहरूलाई पनि विशेष सम्मान गरिएको थियो । 

यसैगरी, नेपालभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वित्तीय र तृत्तीय हुने अभिकर्ताहरू र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जना अभिकर्तालाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगायत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

सम्मानित बिजनेश लिडरहरूले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्