०२ साउन २०८३, शनिबार

मलेसियाद्वारा नेपालसामू ४६ रनको झिनो लक्ष्य प्रस्ततु

कात्तिक २८, २०७४
मलेसियाद्वारा नेपालसामू ४६ रनको झिनो लक्ष्य प्रस्ततु

क्वालालम्पुर, २८ कात्तिक– एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेट अन्तर्गत समूहेको तेस्रो खेलमा नेपालसामू मलेसियाले ४६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । 

बर्षाका कारण ५ घण्टा ढिलो गरी शुरु भएको खेलामा मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन मात्रै बनाउन सक्यो । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।  

नेपालका लागि सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । नेपाली टीमका कप्तान दिपेन्द्रसिंह ऐरी र शहवाव आलमले समान २–२ विकेट लिए भने अनिल कुमार शाहले १ विकेट लिए । 

बर्षाका कारण ५० ओभरको खेललाई २४ ओभरमा छोट्याइएको छ । 

यसअघि समूहको दोस्रो खेलमा भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित निकालेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने अवस्थामा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्