
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग ‘कुनै पनि समय’ वार्ताका लागि तयार रहेको बताएका छन् । ट्रम्पले कार्यालयमा आएको केही घन्टामै युक्रेनसँग शान्ति सम्झौता गर्नसक्ने क्षमता भएको उनले बिहीबार दाबी गरेका छन् ।
जनवरीमा ह्वाइट हाउसमा फर्कने ट्रम्पले मस्कोका लागि अनुकूल सर्तहरूमा युक्रेनलाई शान्ति स्वीकार गर्न बाध्य पार्न सक्ने डर किएभमा खडा गरेका छन् ।