२८ जेठ २०८३, बिहीबार

टोटनहाम इएफएल कपको सेमिफाइनलमा

पुस ५, २०८१
काठमाडौं
टोटनहाम इएफएल कपको सेमिफाइनलमा

म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै टोटनहाम इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको रोमाञ्चक क्‍वाटरफाइनलमा टोटनहामले युनाइटेडलाई ४-३ गोलअन्तरले हराएको हो ।

टोटनहामको जितमा डोमिनिक सोलान्केले २ गोल गर्दा डेजान कुलुसेभ्स्की र सन ह्युङमिनले १-१ गोल गरे । युनाइटेडका जोसुआ जर्क्जी, अमाद दियालो र जोनी इभान्सले १-१ गोल गरे ।

टोटनहामले अब फाइनल प्रवेशका लागि लिभरपुलसँग खेल्ने छ । लिभरपुलले खेलमा साउथह्‍‍याम्पटनलाई २-१ गोलअन्तरले हराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्