०८ साउन २०८३, शुक्रबार

जयपुरमा एकै पटक ३० बढी गाडीमा भीषण आगलागी, आठ जना जले

पुस ५, २०८१
काठमाडौं
जयपुरमा एकै पटक ३० बढी गाडीमा भीषण आगलागी, आठ जना जले

भारतको राजस्थानस्थित जयपुर-अजमेर राजमार्ग क्षेत्रमा ग्यासले भरिएको ट्याङ्कर विष्फोट हुँदा भीषण आगलागी भएको हो । शुक्रबार बिहान करिब ६ बजे भएको घटनामा आठ जनाको मृत्यु भएको छ । 

आगलागीमा परी ३५ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अस्पतालमा भर्ना भएकामध्ये ५० प्रतिशतको अवस्था गम्भीर छ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ । 

प्रारम्भिक जानकारीका अनुसार ट्रकसँग ठोक्किएपछि ट्याङ्कर विष्फोट भएको थियो । ट्यांकर विस्फोट भएपछि ३० भन्दा बढी गाडीमा आगलागी भएको थियो । 

आगो निभाउन तीन दर्जन एम्बुलेन्स र दमकल प्रयोग गरिएको थियो । जयपुर-अजमेर राजमार्ग बन्द गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्