
सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने अभिप्रायले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । यो कार्ड भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो ।
त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेल समाप्तिपछि बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले उक्त कार्ड सार्वजनिक गरेका हुन् ।
यो कार्ड प्रयोग गर्ने ग्राहकहरूले पाउने सुविधाहरू निम्नानुसार रहेका छन् ।
प्लाटिनम क्रेडिट कार्ड लिने ग्राहकहरूले वार्षिक दुईपटकसम्म एयरपोर्ट लन्जमा निःशुल्क प्रवेश प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढी यूएनओ मर्चेन्टहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो कार्ड प्राथमिकता बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिनेछ र उक्त कार्ड प्रयोग गर्ने ग्राहकहरूले बैंकिङ्ग सेवामा प्राथमिकता पाउनेछन् ।
प्लाटिनम क्रेडिट कार्ड नेपाल, भूटान र भारतमा प्रयोग गर्न सकिनेछ ।
उक्त कार्डका लागि सुरुवाती ३ महिना भित्र आवेदन दिने ग्राहकहरूलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको छ ।
प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरूलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।
यस कार्ड र यसका सुविधाबारे विस्तृत जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।