
विभिन्न मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ ।
शुक्रबार दिउँसो २ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।
बिहीबार अपरान्ह बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य समस्याका कारण स्थगित भएको थियो ।
शुक्रबारको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि नयाँ सिफारिश समिति गठन गर्ने सम्भावना रहेको स्रोतले बतायो ।