१७ असार २०८३, बुधबार

दुर्घटनामा १ जनाको मृत्यु, ११ घाइते

पुस ५, २०८१
काठमाडौं
दुर्घटनामा १ जनाको मृत्यु, ११ घाइते

दाङमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । 

घोराही उपमहानगरपालिका–१० गुर्जेखोलास्थित घोराही तुलसीपुर सडकमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ६६५४ नम्बरको मोटरसाइकल दुर्घटना एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक घोराही– १० का ४४ वर्षीय दिलीप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

उक्त दुर्घटनामा बसमा सवार २२ मध्ये ११ जना घाइते भएका छन् ।

उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

बस चालक घोराही–१८ फुर्सेखालीका ५३ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्