२८ जेठ २०८३, बिहीबार

निर्माण सामग्री बोकेको गाडीमा आगलागी, ५० लाख बढीको क्षति

पुस ५, २०८१
विराटनगर
निर्माण सामग्री बोकेको गाडीमा आगलागी, ५० लाख बढीको क्षति

मोरङको विराटनगर नगरपालिका- ५ शान्ति चोकमा निर्माण सामाग्री बोकेको गाडीमा आगलागी भएको छ ।​

एसुती निर्माण सेवाको अलकत्र बोकेको गाडीमा शुक्रबार साढे ४ बजे एक्कासि आगलागी भएको निर्माण कम्पनीले जनाएको छ ।

विराटनगरको एभरेस्ट कलेजदेखि केसेलिया रोडसम्मको ठेक्का एसुती निर्माण सेवाले लिएको छ ।

करिब तीन किलोमिटर सडक कालोपत्रे गर्ने तयारी उक्त कम्पनीले गरेको थियो । ‘अलकत्र लगाउनु अगाडि सडकमा प्राइम लगाउने काम भइरहेको थियो । त्यसको लागि अलकत्र बोक्ने डिस्टीबेटर गाडीबाट अनलोड गर्ने तयारी भइरहेको थियो । त्यही क्रममा एक्कासि आगलागी भयो,’ निर्माण कम्पनीको निर्देशककिशोर भट्टराईले भने, ‘हिट नगरी अलकत्र झर्दैन । आगो लगाएर हिट गर्ने क्रममा आगलागी भएको हो ।’

गाडीसँगै एउटा मोटरसाइकल पनि आगोले जलेको छ । सो मोटरसाइकल निर्माण कम्पनीकै हो ।

आगलागीबाट ५० लाख बढीको क्षति भएको निर्माण कम्पनीले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्