२९ जेठ २०८३, शुक्रबार

भारतमा ट्रकको ठक्करबाट ५ जनाको मृत्यु,३५ घाइते

पुस ५, २०८१
काठमाडौं
भारतमा ट्रकको ठक्करबाट ५ जनाको मृत्यु,३५ घाइते

भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।साथै ३५ भन्दा बढी घाइते भएका छन् ।

जयपुर–अजमेर राजमार्गको भाङ्क्रोटा क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनास्थल वरपर केही पेट्रोल पम्पहरू थिए । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।

एसएमएस मेडिकल कलेजका प्रिन्सिपल दीपक महेश्वरीले भने, 'लगभग २४–२५ जनालाई आईसीयूमा भर्ना गरिएको छ । घटनामा धेरै घाइते भएका छन् । यो एक गम्भीर दुर्घटना हो ।'

आगलागीबाट ट्रक र निजी कारसहित करिब ४० सवारीसाधन जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको थियो ।

राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले उद्धार र राहतका लागि सक्दो प्रयास भइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्