०२ असार २०८३, मंगलबार

सुनवलमा बस र ट्रक जुधे

पुस ५, २०८१
बुटवल
सुनवलमा बस र ट्रक जुधे

पश्चिम नवलपरासीको सुनवल–७ ज्यामिरेमा बस र ट्रक एकआपसमा ठोकिदा बसमा सवार २२ जना यात्रु घाइते भएका छन् । 

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । बर्दघाटबाट बुटवलतर्फ आइरहेको लु १ ख ९४६७ नंको बसले साइकल यात्रीलाई ठक्कर दिएर अनियन्त्रित भई विपरीत दिशाबाट आएको सुदूरपश्चिम ००१ ख २४४२ नंको ट्रकसंग ठोकिन पुगेको इलाका प्रहरी कार्यालय सुनवलका इन्स्पेक्टर सन्तोष पौडेलले जानकारी दिए । 

दुर्घटनामा परी गम्भीर घाइते ३ जनालाई मेडिकल कलेज भैरहवा र ३ जनालाई बुटवल पठाइएको छ । बाँकी १७ जनाको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको पौडेलले जानकारी दिए ।

 सवारी चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्