०३ असार २०८३, बुधबार

काठमाडौँ महानगरपालिकाका ४३ वटा पूर्वाधार योजना सम्पन्न

पुस ५, २०८१
काठमाडौं
काठमाडौँ महानगरपालिकाका ४३ वटा पूर्वाधार योजना सम्पन्न

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनामा ४३ वटा पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न गरेको छ । 

पाँच महिनामा ३७.३० किलोमिटर सडक कालोपत्र भएको छ । नियमित सडक मर्मत कार्यक्रमअन्तर्गत आठ दशमलव ४० किमी, पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत १० दशमलव २० किमी, धुलोरहित सडक कार्यक्रमअन्तर्गत नौ दशमलव ४० किमी र क्रमागत कार्यक्रमअन्तर्गत नौ दशमलव ३० किमी सडक निर्माण भएको हो ।

कामपाकी उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा आज बसेको बजेट तर्जुमा समितिको बैठकमा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले अहिलेको प्रगतिका विषयमा जानकारी गराए । उनले सडक कालोपत्रसँगै पाँच दशमलव ८० किमी सडक ढलान गरिएको बताइन् ।  

एक दशमलव १६ किमी ढल राख्ने, छ दशमलव ४७ किमी सडकमा ब्लक छाप्ने र दुई हजार ७० वर्गकिलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न भएको शाक्यले जानकारी दिए । यस अवधिमा करिब रु ८८ करोडको काम सम्पन्न भएको भन्दै रु ५० करोड भुक्तानी दिन बाँकी रहेको विभागले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्